अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

‘सिन्ड्रेला नेपाल–२०१७’को ताज स्नेहा पौडेललाई

बिआरटीनेपाल २०७४ असोज १८ गते १५:३४ मा प्रकाशित

‘सिन्ड्रेला नेपाल–२०१७’ को उपाधि स्नेहा पौडेलले जितेकी छन् । आफ्ना २८ जना स्पर्धीलाई उछिन्दै स्नेहाले उपाधि पोल्टामा पारेकी हुन् । स्नेहाले शिर्ष उपाधि सहित पब्लिक च्वाइज समेत जितेकी छन् ।

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘सिन्ड्रेला नेपाल’ यस दोस्रो संस्करणमा क्रमशः आर्या ख्डका फस्ट रनरअप र सेकेण्ड रनरअप अनुष्का खड्का भए । त्यस्तै, प्रतियोगितामा मिस बेस्ट क्याटवाक तथा मिस ट्यालेन्ट सयुरी कडरिया भएकी छन् ।

९ देखि १३ वर्ष उमेर समूहको यस प्रतिभा प्रस्फुटन प्रतियोगीमा मिस इनोसेन्ट सीमा खत्री, बेस्ट हेयर न्यान्सी गुप्ता, बेस्ट स्किन समिरा तामाङ, फोटो जेनिक श्रीषा नकर्मी, मिस पर्सनालिटी सोनाक्षी पोखरेल, मिस फ्रेण्डशिप श्रीस्मा प्रसाइँ, बेस्ट डे«स आभा शर्मा, मिस चार्मिङ प्रेरणा शेर्पा, बेस्ट स्माइल सुदिता लिङ्देन र डिस्प्लिन स्लेश्मा विष्ट भए ।
प्रतियोगितामा गीतकार राम रेप्चुङ राई, अम्बर श्रेष्ठ, अमरज्योति रञ्जित, अधिवक्त लक्ष्मण महर्जन, उज्वलकृष्ण श्रेष्ठ, प्रदिप प्रधान र डिना काइनी निर्णायक रहेका थिए ।

मोडल विपना थापाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको इभेन्ट मेनेजमेन्ट संयोजत्व र सुदर्शन सुबेदीले गरेका थिए । अर्थ राज्यमन्त्री उदयसम्शेर राणाको आतिथ्यमा सम्पन्न कार्यक्रममा गायक रुकमान लिम्बूले गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । आयोजक संस्थाका अध्यक्ष पुफु तेञ्जिङ शेर्पाले कार्यक्रम सोचेभन्दा राम्रो भएको बताए ।

प्रतिक्रिया