अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

हिन्दुराष्ट्र कायम गर्न राप्रपाले जनमत संग्रहको माग सहित देशब्यापी आन्दोलन गर्दै

बिआरटीनेपाल २०७४ असोज १८ गते ९:४३ मा प्रकाशित

आगामी मङ्सिरको चुनाबसँगै हिन्दुराष्ट्र बारे जनमत संग्रह गर्न दबाब दिन राप्रपाले आगामी असोज २३ गते देशब्यापी रुपमा जुलुस र सभा गर्ने भएको छ ।

उपत्यका कार्यक्रमको तयारी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको पहिचान भएकोले पहिचान रक्षाको निमित्त सबैले आबाज बुलन्द पार्नुपर्नेमा जोड दिए ।

राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र उदार अर्थतन्त्रको धरातलमा उभिएर स्वाधीन र समृद्ध नेपाल निर्माण सबैको साझा लक्ष्य र गन्तव्य हुनुपर्ने आबश्यकता औल्याउँदै थापाले देश र जनतालाई केन्द्रमा राखेर स्वाभिमान र स्वाधीनतालाई शिरमा राखि अघि बढ्नुको विकल्प नभएको बताए। सिद्धान्त, बिचार र आदर्शप्रती प्रतिबद्ध हुँदै उच्च मनोबलका साथ निर्बाचनमा होमिन उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

नेपाल र नेपालीको भाग्य भविष्य कोर्ने र सुन्दर भबिष्य निर्माण गर्ने जिम्मा राष्ट्रबादी नेपालीहरुको हातमा भएकोले निर्वाचन मार्फत त्यो काम सम्पन्न गर्न र जनतालाई सबै बिषय स्पष्ट पार्नको निमित्त कार्यकर्ताहरुलाई जनताको माझ जानको निमित्त बिलम्ब नगर्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा पार्टी उपाध्यक्षद्वय बुद्धिमान तामाङ र टंक ढकाल काठमाडौं जिल्ला अध्यक्ष नबराज सिम्खडा, भक्तपुरबाट नरगोबिन्द सङ्खदेब, ललितपुरबाट निरन्जन थापा लगायतले आ-आफ्नो धारणा राखेका थिए । आगामी असोज २३ गते जनमत संग्रहको निमित्त जनदबाब सिर्जना गर्न देशब्यापि जूलूस तथा सभा आयोजना गरिने राप्रपा सह-महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू