अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

दुइ करोड भन्दा बढी रकम ठगेर जापान भागेका गोविन्द तिवारी प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०७४ असोज १७ गते १६:५७ मा प्रकाशित

जापानमा रहेका नेपालीले कास्की पुरनचौर–३ का गोविन्द तिवारीलाई नियन्त्रणमा लिएका छन् ।  असारको अन्तिम महिना तिर दुइ करोड रुपैया भन्दा बढी रकम ठगेर फरार भएका तिवारीलाई पक्राउ गरि उनिहरुले प्रहरीलाई बुझाएका हुन् ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत तिवारीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । प्रहरीले तिवारीलाई नेपाल झिकाउन गृह मन्त्रालय गुहार्‍यो । गृहले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि पत्रसमेत लेख्यो । तर, जापानी प्रहरीले दुई देशबीच अपराधी बुझाउने कुनै कानुन नभएको भन्दै तिवारीलाई एक सातापछि छाडिदियो । प्रहरी मुख्यालयका अनुसार तिवारीविरुद्ध धेरै महिलामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोप समेत छ ।

चार वर्षदेखि जापानमा आकर्षक रोजगारमा लगाइदिने भन्दै तिवारीले नाम परिवर्तन गर्दै थुप्रै जनासँग लाखौं रुपैयाँ ठगी गर्दै आएका थिए। डा. क्रिस, गोविन्द तिवारीलगायत नाम उनले ठगी गर्दा प्रयोग गरेको पीडितको भनाइ छ। जापानमा मासिक ३ लाख देखि ५ लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने भन्दै तिवारीले एकै व्यक्तिसँग करिब ४० लाख रुपैयाँसम्म उठाएको पाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू