अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

रसुवा प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ मोहन आचार्य सर्वसम्वत सिफारिस

बिआरटीनेपाल २०७४ असोज १७ गते १५:२० मा प्रकाशित

नेपाली कांग्रेसका तर्फबाट रसुवा जिल्लाका लागी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ सर्व सम्मत रूपमा ईन्जिनियर मोहन आचार्यको नाम सिफारिस भएको छ । फिलिपिन्सबाट सिभिल ईन्जिनियरिङ डिग्री हासिल गरेका आचार्यको नाम रसुवा जिल्लाको नेपाली कांग्रेसका सबै ईकाई समितिहरूको समर्थनका आधारमा जिल्ला कार्यसमितिको बैठकले सर्वसम्वत रूपमा सिफारिस गरिएको हो ।

रसुवा जिल्लाको राजनीतिक पारिवारिक पृष्ठ भूमी भएका मोहन आर्चाय एक सफल व्यवसायी समेत हुन् ।

त्यसै समानुपातिक तर्फ लामा कार्पू तामाङ लाई शिफारिस गरिएको छ भने प्रदेशतर्फ रसुवा जिल्लाको प्रदेश नंम्बर १ मा प्रत्यक्षतर्फ प्रभात लामा र समानुपातिक तर्फ ठाकुर देवकोटाको नाम शिफारिस भएको छ ।

यता प्रदेश नंम्बर २ मा प्रत्यक्ष तर्फ जनकजिवन उपाघ्याय , लेखनाथ अघिकारी र बाल चन्द्र पौडेलको नाम शिफारिस भएको छ भने समानुपातिक तर्फ देवकी रैला र तिष्णराज न्यौपाने लाई शिफारिस गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू