अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

मिस्टर एण्ड मिस रोट्याक्टको आवेदन खुल्ला-अनलाईन मार्फत आवेदन दिन सकिने

बिआरटीनेपाल २०७४ असोज १७ गते १४:५० मा प्रकाशित

 

पहिलो संस्करणको मिस्टर एण्ड मिस रोट्याक्टको आवेदन खुल्ला गरिएको छ । रोटरी डिस्ट्रक्ट ३२९२ नेपाल भुटानको आयोजनामा हुने मिस्टरएण्ड मिस रोटयाक्टको पहिलो संस्करणकोे लागी आवेदन खुल्ला गरेको कार्यक्रम संयोजक रोट्याक्टर सुमित बज्राचार्यले जानकारी दिए ।

रोटयाक्टमा आवद्ध युवाहरुको क्षमता प्रर्वद्धन गर्न, रोटरी तथा रोट्याक्टको छवीलाई थप उचाईमा पु¥याउन प्रतियोगिता आयोजना गरिएकोआयोजकले वताएकोे छ ।

नेपाल भरी छरिएर रहेको १२० वटा क्लवहरुमा आवद्ध युवा युवतीहरुले प्रतियोगितामा भाग लिन पाउने कार्यक्रमविकास समितिका संयोजक रोट्याक्टर स्नेह शाक्यले वताएका छन् ।

प्रतियोगितामा विजेता हुनेले नगद एकलाख रुपैया सहित रोटरी डिस्टीक ३२९२ नेपाल भुटानकोको व्राण्ड एम्वेस्डर हुनेछन् । सो सँगै अन्यपुरस्कार तथा मायाको चिनो प्राप्त गर्ने छन् ।

रोटरी डिस्ट्रक्ट ३२९२ को आयोजना तथा रोट्याक्ट क्लव अफ पाटन साउथ, हिमालय पाटन, जाउलाखेल मन्जुश्री, स्वयंवु भैसेपाटी, न्युरोड सिटीर रोट्याक्ट क्लव अफ थेम्स कलेजको संयुक्त व्यवस्थापन र युनी क्याम्पसको सहयोगमा हुने भएको छ ।

प्रतियोगिताको लागी पहिलो अडिशन देशको मुख्य शहरहरु धरान, नारानगढ, वुटवाल, पोखरा र काठ्माण्डौ गरी ५ ठाउँमा हुँदै छ, काठ्माण्डौवाहेक वाकी शहरहरुमा नोभेम्वर ४ मा कार्यक्रम तय गरिएको छ भने काठ्माण्डौको लागी अक्टोवर २८ मा कार्यक्रम तय गरिएको आयोजकलेवताको छ धरानमा रोट्याक्ट क्लव अफ धरान घोपा, नारायणगढमा रोट्याक्ट क्लव अफ नारायणगढ, वुट्वलमा रोट्याक्ट क्लव अफ वुटवाल ररोट्याक्ट क्लव अफ तिलोतमा रुपन्देही र पोखरामा रोट्याक्ट क्लव अफ पोखरा न्युरोड क्लवको व्यवस्थापनमा कार्यक्रम संचालन हुने र प्रचारप्रशारलाई तिव्र वनाईएको प्रचार प्रशार समितिका सदस्य रेशम घिमिरेले वताए।

प्रतियोगीतामा सहभागी हुनको लागी लागी अनलाइृन अनलाईन दर्ताको व्यवस्था मिलाईको छ भने, सहभागी हुन चाहने रोट्याक्टका सदस्यहरुलेhttp://mrandmsrotaract.com मा लग अन गरि अक्टोवर २० सम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

प्रतिक्रिया