अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

कतारबाट घोषित नेपाल आईडका बिजयीको विश्व यात्राको सुरुवात पनि युएईबाट नै

बिआरटीनेपाल २०७४ असोज १६ गते १८:५८ मा प्रकाशित

गत असोज ६ गते अर्थात सेप्टेम्बर २२ तारिकका दिन कतारबाट धोषणा भएको नेपाल आईडलका बिजयीको विश्व साँगितीक यात्रा पनि युएईबाट नै सुरु हुने भएको छ । नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनरअप निशान भट्टराइ र सेकेण्ड रनरअप प्रताप दासले एकसाथ आफ्नो पहिलो सांगितीक विदेश यात्रा अबुधाबीको नेसनल थियटरमा ‘नेपाल आइडल लाइफ इन अबुधाबी’ र दुबईको अस्कोट होटलमा हुने ‘नेपाल आइडल लाइफ इन दुबाई’ दुई छु्ट्टै कार्यक्रको प्रस्तुती संगै उनिहरको पहिलो बिदेश यात्रा सुरु हुने भएको हो ।

कार्यक्रमबारे जानकारी दिन युएईमा हामी नेपालीको कार्यालय बरदुबईमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार यि दुई सांगितीक कार्यक्रम अक्टोबर ६ तारिक अबुधाबीको नेसनल थियटरमा अपराह्न ३ बजे देखि र अक्टोबर ७ तारिक साझ ७ बजे देखि सुरु हुनेछ । जसमा अबुधाबीको नेसनल थियटरमा ६ तारिक र दुबाईको अस्कोट होटलमा ७ तारिक कार्यक्रम हुनेछ ।

दुबईमा रहेका नेपाली दर्शक स्रोताको माग अनुसार यो कार्यक्रममा नेपाल आइडलका अन्य प्रतिस्पर्धी अफ्सर अलि , प्रमिला राई एबम तिर्सना गुरुङको पनि प्रस्तुति रहने छ ।

एभरेस्ट मिडियाको आयोजनामा हुन लागेको यो कार्यक्रममा दिराम ५० , १०० ,२०० र ५०० को प्रवेश टिकट राखिएको छ । कार्यक्रमका लागि लागि प्राबिधिक टोलि अक्टोबर २ तारिक युएई पुग्नेछन् भने अक्टोबर ४ तारिक नेपाल आईडलका कलाकारहरु र अक्टोबर ६ तारिक एपी वानको ब्याबस्थापन टिम दुबई भित्रनेछन् ।

युएईका मुख्य शहर दुबई , अल्लेन , रसलखेमा , फुझेराबाट एक सय दिराम भन्दा बढीको टिकट खरिद गर्ने सम्पूर्ण दर्शकलाई निशुल्क यातायातको ब्यबस्था गरिने यो कार्यक्रममा नेपाल आइडल लाइफ इन युएईलाई सफल बनाउन आयोजकले बिभिन्न स्थलगत सुझावहरु संकलन गरिरहेको जानकारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू