अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

बाबुुछोरा भारतीय प्रहरीको नियन्त्रणमा

बिआरटीनेपाल २०७४ असोज १६ गते १६:५३ मा प्रकाशित

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उहाँका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेर अपहरणको मुद्दा चलाएको छ ।

सिमावर्ती भारतीय बजार कुनौलीबाट आफ्नो छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका देवनारायणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई भारतको सुपौल जिल्लाको वीरपुर थानामा राखिएको छ ।

गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाँध्न आएका भारतीयको प्रतिकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको थिए । उनीमाथि अहिले झुठो आरोपमा अपहरणको मुद्दा लगाइएको स्थानीयको दाबी छ ।

देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाई छ । तर तिलाठीका बासिन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षड्यन्त्रका रूपमा लिएका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू