अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

दशैंको टिका नै बहिस्कार गर्दै आंशिक प्राध्यापक अनसन र धर्नामा

बिआरटीनेपाल २०७४ असोज १६ गते १०:२२ मा प्रकाशित

बडादशैं सक्किन अझैं ३ दिन बाँकी रहँदा देश बिदेशमा रहेका नेपालीहरु उत्साहका साथ आफन्तकहाँ टिका थाप्न हिँडिरहेका छन् तर यता आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरु भने दशैंको बेला पनि आफ्नो निधार खाली राखेर अनसन र धर्नामा छन् । आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनशन र धर्ना बसेका आंशिक प्राध्यापकहरु महान् चाड दशैंको पनि वेवास्था गर्दै दशैं टिका बहिस्कार सहित आन्दोलनमा उत्रेका हुन् ।

यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट माग सुनुवाइ नभएको भन्दै चितवनका शिक्षक डा .महेश गजुरेल छ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोका अगाडि आमरण अनशनमा छन् भने संघका केन्द्रीय समितिका पदाधिकारी र शुभेच्छुकले धर्ना दिइरहेका छन् ।

त्रिविमातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको १ हजार ४२० दरबन्दी आवश्यक भएको विश्व विद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू