अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४
| Colorodo: 20:39
बाँकेको नेपालगञ्ज स्थित खजुरा सडकखण्डमा आईतबार राती बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट बर्दियाका लागि छुटेको ना ४ ख १०९४ नम्बरको यात्रुवहाक बस र बर्दियाबाट नेपालगंजका लागि छुटेको ना २ ख ९३६० नम्बरको ट्रक एकआपसमा ठोक्किदा भारत रुपइडियाका ६० बर्षिय राममनरत शर्माको मृत्यु हुनुका साथै २३ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घाइते २३ जना मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ ।