अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

राष्ट्रपतिबाट उपराष्ट्रपति, प्रधानमन्त्री र सर्वसाधारणलाई टीका

बिआरटीनेपाल २०७४ असोज १४ गते १९:३९ मा प्रकाशित

बडादशैँ—२०७४ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, मन्त्रीहरू, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि आज टीका लगाइदिनुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आज ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँ घरका मूल पूजारी देवराज अर्यालबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

राष्ट्रपति भण्डारीले आज सर्वसाधारणलाई पनि टीका लगाइदिनुभएको छ । राष्ट्रपतिले आज दिउँसो २ः०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरूप सर्वसाधारणलाई टीका लगाउनुभएको हो । टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म नै कार्यक्रम जारी रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि बिहान ११ः५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिनुभएको थियो ।  (रासस) 

बडा दसैँको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिँदै । तस्बिर ः रोशन सापकोटा, रासस

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पण्डित विनोद सापकोटाबाट टीका तथा जमरा ग्रहण गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा छोरी, ज्वाइलाई टीका तथा जमरा लगाउनुहुँदै । तस्बिर :रत्न श्रेष्ठ, रासस ।
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आज ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्नी आमा मिथिला पाण्डेबाट टीका तथा जमरा ग्रहण गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस ।
बडा दसैँको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिँदै । तस्वीर: रोशन सापकोटा, रासस
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आफन्तजनलाई टीका तथा जमरा लगाउनु हुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस ।
बडा दसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका तथा जमरा ग्रहण गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिर ः रोशन सापकोटा, रासस
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू