अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

नेता भण्डारीको दशैँ टीका बोटे माझी समुदायमा

बिआरटीनेपाल २०७४ असोज १४ गते १०:४४ मा प्रकाशित

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुल्मी दरबार गाउँपालिका—१ बलिथुममा बसोबास गरिरहेका सीमान्तकृत बोटे माझी समुदायको हातबाट आज दशैँको टीका लगाउनुभएको छ ।  सो अवसरमा उहाँले बोटे माझी समुदायलाई पनि दशैँको टीका लगाइदिनुभएको हो ।

कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता भण्डारीले हुने र नहुने सबैको दशैँ भएकाले एउटा राजनीतिक नेतृत्वले जनतालाई अभिभावकत्व दिनुपर्छ भन्दै जनताको सुख र दुःखमा साथ दिएको बताउनुभयो ।

“अबको दुई वर्षभित्र जिल्लामा रहेका सीमान्तकृत र लोपोन्मुख जातिहरु घरबारविहीन हुने छैन्,” उहाँले भन्नुभयो, “उक्त माझी बस्तीमा ५० घर बनाउने कामको थालनी गरिएको छ ।”

सोही वडामा रहेका माझी प्राथमिक विद्यायलमा अध्ययनरत १०० भन्दा बढी बोटे माझी र कुमाल बालबालिकालाई दशैँको टीका दक्षिणाका साथै पोशाक र शैक्षिक सामग्रीसमेत नेता भण्डारीले वितरण गर्नुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू