अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

राजदेवी मन्दिरमा १२ हजार बलि

बिआरटीनेपाल २०७४ असोज १३ गते ४:१० मा प्रकाशित

जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ ।

राति ८ः१९ मिनेटमा सुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो । गत साल मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएको राजदेवी पूजाका मूल आयोजक महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताउनुभयो ।

निष्ठापूर्वक राजदेवीको पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । नवमीका दिन आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने पूजा मूल समितिका संयोजक एवं राम युवा कमिटीका अध्यक्ष शम्भुप्रसाद साह प्रेमीले दिनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू