अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

भारतिय चलचित्र ‘बाहुबली’को रेकर्ड तोड्यो ‘छक्का पञ्जा-२’ ले

बिआरटीनेपाल २०७४ असोज १२ गते १३:३८ मा प्रकाशित

दशैंको फूलपातीको दिनबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ ले प्रदर्शनको दोस्रो दिन नै भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्ड समेत तोडेको छ । क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड राखेको छक्का पञ्जा २’ ले  ‘बाहुबली’ले राखेको रेकर्ड समेत तोडेको हो  ।

शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु बिक्री भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ । देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले बुधबार मोफसलमा रात्री शोहरु बाहेक ५७ लाख रुपैयाँको कारोबार गरेको छ । तर उपत्यका भित्रको कारोबार भने बाहिरएको छैन ।

यतिबेला सिनेमाका कलाकारहरु हल–हलमा पुगेर प्रत्यक्ष रुपमा दर्शकलाई भेटेर सिनेमाको बारेमा प्रतिकृया बटुल्ने र दर्शकसँग खुशी साट्ने काम गरिरहेका छन् ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरु मुख्य भूमिकामा रहेका छन् ।

 

 

प्रतिक्रिया