राजधानीका नेवार समुदायले अत्यन्त आस्थाका साथ चलाएको प्रचलन जीवीत कुमारीलाई धार्मिक कारण पनि उत्तिकै महत्वका साथ लिईन्छ । नेवार जातीका शाक्य थरकी कन्यालाई बिधिवत् रुपमा कुमारी बनाउने यो धार्मिक प्रचलन अनुसार आज अर्थात बिहिवार बडादशैंको अष्टमिका दिन राजकीय सम्मानपूर्वक पुरानी कुमारी मतिना शाक्यलाई बिदाई गरी नयाँ कुमारीका रुपमा तृष्णा शाक्यलाई भित्र्याको छ ।
काठमाडौं ओमबहालको विश्वकर्म महाविहारका विजय शाक्य र सिर्जना शाक्यकी छोरी ३ बर्षिया छोरी तृष्णा शाक्यलाई आजबाट नयाँ जीवीत कुमारिको रुपमा ईएको हो । नयाँ कुमारी तृष्णा २ सन्तान मध्यकी जेठी छोरी हुन् उनका १ भाई रहेका छन् ।
आज कुमारी घरबाट बिदाई भएकी मतिना शाक्य पनि ३ बर्षकी हुँदा कुमारी भएकी थिईन् हाल उनि १२ वर्ष पुगेकी छन् । गणतन्त्र नेपालकी पहिलो कुमारी मतिना कुमारी घरमै रहेर स्कुलको कक्षा ७ मा अध्ययनरत थिइन् ।
परम्परा अनुसार नयाँ कुमारीले कुमारी भएकै मध्यरातमा भएयता तलेजुमा हुने भवानी पूजामा पनि सहभागी हुनुपर्नेछ ।