अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

गायक रवि बज्राचार्यको अर्को गीत “तिता मिठा सम्झनाले” को भिडियोको प्रोमो सार्वजनिक

बिआरटीनेपाल २०७४ असोज ११ गते १४:४५ मा प्रकाशित

आखिर टाढा भैहाल्यौ, पछि लागनु ब्यर्थै भयो बोलको गीतबाट चर्चित बनेका गाएक रवि बज्राचार्यको अर्को गीत “तिता मिठा सम्झनाले” बोलको गीतको म्युजिक भिडियो सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनी एस बाबु प्रोडक्सनले निर्माण गरेको गरेको छ । विनोद बस्नेतको शब्द रहेको एस गीतमा सङ्गीत पनि रवि बज्राचार्यकै रहेको छ ।

अफ़िसिएल भिडियो अबको १५ दिन भित्र रिलिज हुने जानकारी एस बाबु प्रोडक्सनले दिएको छ । दिपेश भण्डारी र सदिक्षा पोख्रेलको अभिनय रहेको उक्त भिडियोको छायाङ्कन एवं सम्पादन अनुप गिरिले गरेका हुन् भने निर्देशन एस बाबु सन्दिपले गरेका छन् । सार्वजनिक गरिएको प्रोमो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

प्रतिक्रिया