अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

नेपाली दुतावास वाशिंटन डिसिको आयोजनामा ‘नेशनल डे’ मनाईयो

बिआरटीनेपाल २०७४ असोज ११ गते ९:२१ मा प्रकाशित

नेपाली दूतावास वासिङ्टन डिसीको आयोजनामा राजधानी वासिङ्टन डिसीमा नेपालको ‘नेशनल डे’ मनाईएको छ । अमेरिकी सरकारका सहायक विदेश मन्त्री सुश्री एलिस वेल्सको प्रमुख आतिथ्यमा डिसीमा ‘नेशनल डे’ मनाईएको हो ।

अमेरिकाका लागी नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले समारोहमा मन्तव्य दिँदै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । समारोहमा अमेरिकी सरकारका सहायक विदेश मन्त्री सुश्री एलिस वेल्सले नेपालको ‘नेशनल डे’ को उपलक्ष्यमा अमेरिकी सरकारको तर्फबाट नेपाली जनतालाई बधाई दिनुभयो ।

स्वागत समारोह पछि, नेपाली नृत्यहरू प्रस्तुत गर्दै पाहुनाहरूलाई नेपाली रात्रिभोजमा सहभागी गराईएको कार्यक्रममा नेपाली सङ्घ, संस्थाका वर्तमान तथा भू.पु. अध्यक्षहरू, नेपाली सन्चारकर्मीहरू, दूतावास परिवार र अमेरिकी सरकारका पदाधिकारीहरू सहभागी थिए ।

स्वागत समारोह दूतावासका ईकोनोमिक काउन्सिलर कैलाशराज पोखरेलले अङ्ग्रेजीमा सञ्चालन गर्नुभएको थियो । 

प्रतिक्रिया