अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

आजबाट जीवित देवी कुमारीको दर्शनका लागि समय थप

बिआरटीनेपाल २०७४ असोज ११ गते ८:४७ मा प्रकाशित

 जीवित देवी कुमारीको दर्शनका लागि वसन्तपुरस्थित कुमारीघरमा आजदेखि सर्वसाधारणलाई सहजरूपमा खुला गरिएको छ ।  प्रत्येक वर्ष फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ ।

बिहान ९ देखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीघरका संरक्षणकर्ता गौतमरत्न शाक्यले जानकारी दिनुभयो । तलेजु भवानीको अवतारका रुपमा कुमारीलाई सम्मान तथा आस्था प्रकट गरिन्छ । सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको हुन्थ्यो ।

शुक्रबार महानवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू