अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

गायक प्रमोद खरेलको बिषेश प्रस्तुति सहित नान्सको नेपाल नाइट-२०१७ भब्यताका साथ सम्पन्न

बिआरटीनेपाल २०७४ असोज ११ गते ६:५३ मा प्रकाशित

नान्सले नेपाल नाइट -२०१७ भर्खरै सम्पन्न गरेको छ I नान्स को बार्षिक कार्यक्रमको रुपमा परिचित नेपाल नाइट – २०१७ बिगत लामो समय देखि आयोजना गर्दै आएको छ I नेपाली मौलिक कला , संस्कृति, नब कलाकारहरुको सम्मान एबम प्रबर्दन , अमेरिकाको नर्दन क्यालिफोर्नियामा बसोबास गर्दै आएका नेपालीहरु बीच भेटघाट, शुभ कामना आदान प्रदान गर्ने, नयाँ पुस्ताहरुलाई नेपाली संस्कृतिको परिचय गराउने उद्देश्य राखी नान्सले आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो I

प्रमोद खरेलको मुख्य प्रस्तुति रहेको उक्त कार्यक्रममा समाजसेबी घन प्रसाद दवाडी प्रमुख अतिथि, एल सेरितो मेयर जेनेट अबेल्सन बिशेष अतिथि, नेपाली कांग्रेसका पूर्व महामन्त्री,प्रतिनिधि सभाका पुर्व सभामुख तथा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटज्यु बिशेष अतिथि, पर्यटन दुत, नेपाल पर्यटन बोर्ड प्रकाश थापा बिशेष अतिथि , नान्स संस्थापक गोपाल खड्गी, पूर्व अध्यक्ष यान राई, तेज राई, एन आर एन आइ सी सी मेम्बर डिल्ली भट्टराई , नान्स पूर्व अध्यक्ष एबम एनसीसी समिति संयोजक उत्तम कार्की अतिथि रहनु भएको उक्त कार्यक्रममा एन आर एन चुनाब मा निर्बाचित आइ सी सी मेम्बर डिल्ली भट्टराई, बोर्ड डाइरेक्टर बिन्दु सापकोटा, बिष्णु शाह, क्यालिफोर्निया च्याप्टर सचिब रोसन अधिकारीलाई सम्मान समेत गरेको थियो I

बे एरियामा क्रियासिल युबाहरुलाई सम्मान समेत गरेको उक्त कार्यक्रम विभिन्न गीत संगीत, नृत्यले दर्शकहरुलाई भरपुर मनोरंजन दिएको थियो I एल सेरिटो हाई स्कुल थिएटर हलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिटी मेयर जेनेटले एल सेरिटो मा एकाएक नाटकिय रुपमा जनघनत्व संगै बिकाश निर्माणका कामहरु बढिरहेको अनुभब गरेको र यसमा नेपाली समाज पनि एक रहेको आफुले अनुभब गरेको बताउनु भयो I समाजसेबी गोपाल खड्गीले पछिल्लो समय नान्सको क्रियासिलता बाट निक्कै उत्साहित भएको बताउनु भएको थियो I एनसिसि संयोजक उत्तम कार्की ले कम्युनिटी सेन्टरको लागि राफल कार्यक्रम लिएर आएको र यस लाई सफल बनाउन सके सबैको साझा कम्युनिटी सेन्टरको सपना छिट्टै पुरा गर्न सकिने बताउनु भयो I

रबिन्द्र राईको सभापतित्वोमा सम्पन्न सो कार्यक्रम मा वरिष्ट उपाध्यक्ष् एबम कार्यक्रम संयोजक ईश्वर सिटौलाले नेपाल नाइटको महत्व बारेमा प्रकाश पार्नु भएको थियो भने उपाध्यक्ष् हेमा पनेरुले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो I

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू