अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

सान एन्टोनीयोमा रामकृष्ण ढकालकासाथ दसैँ मनाइदै

बिआरटीनेपाल २०७४ असोज १० गते १७:४४ मा प्रकाशित

सान एन्टोनीयोबासी नेपालीहरूले यसपालिको बडा दसैँ नेपालका बहुचर्चित गायक रामकृष्ण ढकालका साथ भव्य रूपमा मनाउने भएका छन् । सान एन्टोनीयो नेपाली सङ्घ (साना)ले आउँदो आइतबारका लागी आयोजना गरेको सांस्कृतिक कार्यक्रममा ढकालका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।

कार्यक्रममा दसैँ तथा तिहारको शुभकामना आदान प्रदान, भेटघाट, ठुलाबडाका हातबाट टिका थाप्ने जस्ता क्रियाकलापको योजना रहेको सानाका अध्यक्ष विवेक राजबाहकले जानकारी दिनुभयो । कार्यक्रमका लागी ठेट नेपाली शैलीमा पाक्ने सेलरोटी, खसीको मासु, लगायत विभिन्न पक्वानले नेपाली चाडबाडको न्यानो अनुभूति दिने विश्वास अध्यक्ष राजबाहकको रहेको छ ।

नेपाली सङ्गीतमा ख्यातीप्राप्त गाएक ढकालले कार्यक्रममा ओराली लागेको, चिटको गुन्यु, तिम्रो आगमनले, नजिक आउनुमा, रिसाउँदा नि आफ्नै जस्ता चर्चित गीतहरू गाउनुहुने छन् ।

बेलुका ५ बजेपछि सुरु हुने कार्यक्रममा नेपाली पहिरनमा सहभागिता जनाई कार्यक्रमलाई अझ भव्य बनाइदिन सानाले सान एन्टोनीयोबासी नेपाली हरुमा आग्रह गरेको छ ।

२०७२ सालको भूकम्पपछि स्थापना भएको सानाले नेपालीहरूका निमित्त सक्रिय रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रमबाट भएको नाफालाई सानाले समाजसेवामै लगाउने प्रतिबद्घता आयोजकले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू