अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

पोखरा लेकसाइडको ‘होटल स्नोल्यान्ड’ दशैंका पाहुनालाई आधा छुट दिंदै 

बिआरटीनेपाल २०७४ असोज १० गते १३:१९ मा प्रकाशित
पोखरा लेकसाइडको होटल स्नोल्यान्डले नेपालीहरुको महान् पर्व दसैंको उपलक्ष्यमा पाहुनाहरुलाई विशेष छुटको प्याकेज ल्याएको छ । यी पर्वका बेला होटलले आफ्ना कोठाको रेटमा आधा छुटको घोषणा गरेको हो ।
‘दसैंको बेलाका लागि मात्रै आधा छुट दिइनेछ,’ होटलका प्रबन्ध निर्देशक गणेशबहादुर थापाले भने । उनका अनुसार यो योजना घटस्थापनादेखि सुरु भएको हो । कोजाग्रत पूर्णिमा भोलि अर्थात असोज २० गतेसम्म आधा छुटमा होटलका कोठा पाइनेछ ।
‘दसैंका बेला नेपालीहरुमा घुमफिरको संस्कृति बढोस् भन्ने उद्देश्यले विशेष छुटको योजना ल्याएका हौं’, थापाले भने, ‘लेकसाइडका पर्यटकीय होटल, रिसोर्टहरु सिजनमा पनि महँगो छैनन् र नेपाली पाहुनालाई विशेष सत्कार गर्न चाहन्छन् भन्ने सन्देश दिनु पनि हाम्रो उद्देश्य हो ।’
जयतभकिलयधबिलमउयपजबचब।अयmरचभकभचखबतष्यल अर्थात होटलस्नोल्यान्डपोखरा डटकम मा विस्तृत जानकारी उपलब्ध गराइएको थापाले बताए । वेबसाइटमै गएर बुकिङ गर्नेहरुलाई मात्रै आधा छुटको व्यवस्था होटलले गरेको हो ।
अनलाइन पेमेन्ट गेटवे ईसेवा (Esewa.com.np)  बाट भुक्तानी गर्न मिल्ने विशेष व्यवस्था होटलमा छ । अनलाइनबाट बुक पेमेन्ट गर्दा मात्र छुट पाउने र यसका लागि होटलको वेभसाईडमा प्रोमो कोड ९८५६०१०९९९ प्रयोग गरी ईसेवामार्फत भुक्तानी गर्नुपर्नेछ । ईसेवाबाट भुक्तानी गरी होटल रुम बुक गर्न मिल्ने सुविधा भएको होटल स्नोन्ल्यान्ड नै मुलुककै पहिलो होटल हो । छुटमा अनलाइनबाट कोठा बुक गर्दा होटल स्नोल्यान्डमा एक रातको न्यूनतम मूल्य १५ सय ५९ रुपैयाँ पर्न आउँछ । यो बिहानको नास्ता सहितको मूल्य हो । अधिकतम् भने ३१ सय १८ रुपैयाँ पर्छ ।
सन् १९७२ मा स्थापित पोखरा लेकसाइडकै सबैभन्दा जेठो होटल स्नोल्यान्ड टु स्टार होटल हो । यसमा ४२ कोठा, रेस्टुरेन्ट र कन्फेरेन्स हल छन् । होटलमा पर्याप्त पार्किङ सुविधा पनि छ । फेवा ताल र तालबाराही मन्दिर प्रवेश स्थल बाराही चोकमा नै होटल स्नोल्यान्ड छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू