अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 01:33

दशै, तिहार तथा छठ बिदामा पनि मानव अधिकार आयोगका कार्यलय खुल्ला रहने (प्रेस विज्ञप्ति)

बिआरटीनेपाल २०७४ असोज १० गते १२:०९ मा प्रकाशित

यस बर्षको दशैं, तिहार तथा छठ बिदाका दिनहरुमा पनि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, क्षेत्रीय तथा उप–क्षेत्रीय कार्यालयहरु खुल्ला रहेने भएका छन् । आयोगले मंगलवार प्रेश विज्ञप्ती जारी गर्दै यस बर्षको दशैं, तिहार तथा छठ बिदाका दिनहरुमा दिउँसो ११.०० बजे देखि २.०० बजेसम्म खुला रहने जानकारी दिएको हो ।

जारी विज्ञेप्ती अनुसार आमनागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको हो ।

आयोगले यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिको घटनामा आकष्मिक अनुगमन समेत गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू