अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

छैठौ दसैँ कप भकुण्डो प्रतियोगितामा सन्नीभेल प्रथम

बिआरटीनेपाल २०७४ असोज १० गते १:१५ मा प्रकाशित

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित

सेप्टेम्बर २३ तारिखमा सम्पन्न खेलमा क्यर्लिफोर्नियाको सन्निभेल टोलीले डीएफडब्लु हिमालयजलाई ४-० ले हराउदै विजेता भएको छ । उक्त खेलमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको छ l अमेरिकाको टेक्सस राज्यको ड्यालसमा विगत छ वर्ष देखि सञ्चालनमा रहेको छैठौ दसैँ कप भकुण्डो प्रतियोगितामा चौधरीलाई सम्मान गरिएको हो l उक्त प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी सुरज थापा भएका छन् भने रिजेन श्रेष्ठ अत्यधिक गोल गर्ने खेलाडी भएका छन् ।

हरेक वर्ष खेलकुद क्षेत्रमा विशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्दै आई रहेको र यस वर्ष चर्चित पूर्व राष्ट्रिय अग्र पंक्तिका खेलाडी चौधरीलाई आयोजक भास्तिका ड्यालस गोर्खाज फुटबल टिमले सम्मान गरेको छ । चौधरी उक्त खेलका प्रमुख अतिथि रहेका थिए भने उनले विजेता समूहलाई पदक तथा पुरस्कार समेत वितरण गरेका थिए ।

टोली व्यवस्थापक विनोद विष्टले समग्रमा प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोमा प्रायोजक, स्वयमसेवक, पदाधिकारी, खेलाडी, सञ्चार माध्यम तथा समर्थकलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् l उक्त प्रतियोगितामा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भकुण्डो प्रशिक्षक उमेश प्रधान तथा नेपालका पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी तथा सामाजिक कार्यकर्ता धिरेन गुरुङ्गले विजयी खेलाडीहरुलाई बधाई दिएका थिए ।

नेपालीहरूको महान् चाड बडा दसैँको उपलक्ष्यमा ६ वर्ष देखि लगातार खेल भैरहेको छ । प्रथम हुने विजयी टोलीलाई १५०० डलर नगद तथा पुरस्कार र द्वितीय हुनेलाई ७०० डलर नगद तथा पुरस्कार सहित जम्मा २३०० सय डलर बराबरको नगद प्रदान गरियो l ड्यालस गोर्खाज फुटबल टोलीका प्रबन्धक विष्टले हरेक वर्ष खेलकुद क्षेत्रमा विशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू