अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

नेपालबाट बङ्गलादेश पराजित

बिआरटीनेपाल २०७४ असोज ९ गते २०:४७ मा प्रकाशित

भुटानमा जारी साफ अठार वर्षमुनि (यु–१८) च्याम्यिनसिपअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गोल साबित भयो । त्यसअघि नेपालका अभिषेक रिजालले खेलको २२ आँैँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिएका थिए । अभिषेकले गोल गरेको करिब आठ मिनेट पनि बित्न नपाउँदै (३० औँ मिनेटतिर) बङ्गलादेशका मोहम्मद अल अमिनले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

यसअघि दुई खेल खेलेको नेपालले एक खेल हार तथा एक खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्र्रो माल्दिभ्स विरुद्वको खेलमा २–० को जित हासिल गरेको थियो ।

बङ्गलादेशको भने यो पहिलो हार हो । यसअघि खेलेको दुई खेलमा उसले दुवै खेलमा जित हासिल गरेको थियो । त्यसै गरी आजै भएको अर्को खेलमा भारतले माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । नेपालले आफ्नो चौथो खेल बुधवार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू