अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४
| Colorodo: 06:49
रौतहटमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । परोहा नगरपालिका–२ जिगडियाका २५ वर्षीय अकबर भनिने अब्बु सहिदको गोली प्रहार गरी हत्या भएको हो ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा परोहा नगरपालिकाको वडा नम्बर २ बाट मृतकको बुवा शेराजुद्धिन नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।सो वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहम्मद एजाजुर रहमान विजयी भएका थिए ।