अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

स्वदेश फिर्ता भएका ‘नेपाल आईडल’का बिजयीलाई एयरपोर्टमा भव्य स्वागत खुशि देखिएनन् निशान

बिआरटीनेपाल २०७४ असोज ९ गते ८:१९ मा प्रकाशित

चर्चित रियालिटी सो ‘नेपाल आइडल’ ग्राण्ड फिनाले सकिए पश्चात कतारबाट आइडलका टिम स्वदेश फर्कने क्रम जारि छ । कतारबाट फर्किएका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास सहितको टिमलाई एयरपोर्टमा भव्य स्वागत गरिएको छ । आइतबार राति ९ बजे फर्किएका शिर्ष ३ सहित शिर्ष १२ प्रतिष्पर्धीलाई एयरपोर्टमा भव्य स्वागत गरिएको हो ।

फिनालेमा आइडलका उत्कृष्ट १२ प्रतिष्पर्धी सहित नेपालका वरिष्ठ कलाकार, संगितकर्मी तथा लाखौं दर्शकले सहभागिता जनाएका थिए । आइतबार एयरपोर्टमा सञ्चारकर्मीसँगै कुरा गर्दै बुद्ध लामाको बुबाले एपी १ को स्वीकृति भएमा बिजय र्याली नै निकाल्ने बताएका थिए । उनले आफ्नो मात्रै नभई अब बुद्ध विश्वकै छोरा भएको बताए ।

कतारबाट नेपाल फर्किदा निशान भट्टराईको अनुहारमा खासै उत्साह देखिएको थिएन । हजारौ समर्थक र आफन्तजन निशानलाई स्वागत गर्न एयरपोर्ट पुगेका थिए । समर्थकहरुको माया र सहभागिता भने उत्साहजनक थियो । गत शुक्रबार भएको नेपाल आइडलको फाइनलमा निशान भट्टराई नेपाल आइडलका फर्स्ट रनर अप भएका थिए । ‘नेपाल आइडलको शान, निशान’ भन्ने नाराको साथमा नेपाल आइडलमा उत्कृष्ट प्रस्तुति दिइ निशान करोडौ नेपाली मनका ढुकढुकी बनिसकेका छन ।

एयरपोर्टमा निशान भट्टराई र प्रताप दासको पनि भव्य स्वागत गरिएको थियो । समर्थक सहित आफन्तजन उपस्थित भइ उनीहरुलाई माला लगाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया