अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

नेवा: अर्गनाइजेशनद्वारा लसएन्जल्समा रक्तदान कार्यक्रम

बिआरटीनेपाल २०७४ असोज ९ गते ४:१९ मा प्रकाशित

लस एन्जल्स, २४ सेप्टेम्बर / आज नेवा: अर्गनाइजेशन, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा सनातन धर्म मन्दिर नर्वाल्कमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । रक्तदान गर्न धेरै व्यक्ति उपस्थित भएकोमा २५ जनामात्र दान गर्न सफल भएका थिए । 

अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको संस्थाले पछिल्लो पटक २१ मे २०१७ मा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । “आफ्नो संस्कृति संरक्षणका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिँदै आइरहेको संस्थाले आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान, म्हपूजा जस्ता कार्यक्रम गर्दै जाने” संस्थाका महासचिव बिमल श्रेष्ठले बताए । 

हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुन: रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।​ फायल तस्बिर 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू