अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

नेपाल प्यालेष्टाइनसँग पराजित

बिआरटीनेपाल २०७४ असोज ८ गते १७:०९ मा प्रकाशित

एएफसी सोह्र वर्षमुुनि (यु–१६) छनोट फुटबलको अन्तिम खेलमा नेपाल प्यालेष्टाइनसँग पराजित भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा नेपाल सबैभन्दा कमजोर मानिएको राष्ट्र प्यालेष्टाइनसँग २–१ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपालको एएफसी यु–१६ च्याम्पियनसिप खेल्ने सपनासमेत चकनाचुर भएको छ ।

नेपालका लागि व्रिजेश चौधरीले एक सान्त्वना गोल गरेका थिए । यता प्यालेष्टाइनका लागि भने मोहम्मदले दुई गोल गरे । पहिलो खेलमा नेपाल इराकसँग १–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग २–२ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै, प्यालेस्टाइन भने यसअघिका दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा भारतसँग ३–० र दोस्रो खेलमा इराकसँग ४–० ले पराजित भएको थियो ।

प्यालेष्टाइनविरुद्ध केही लापरबाहीपूर्ण खेल खेलेका कारण नेपालले पराजय भोगेको नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले बताउनुभयो । भारतसँग गोलरहित बराबरी खेलेसँगै इराक समूह ‘डी’ को शीर्ष स्थानमा रहँदै सन् २०१८ मा मलेसियामा हुने एएफसी यु–१६ च्याम्पियनसिपका लागि छनोट भएको छ ।

इराकले दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको थियो । त्यस्तै, भारत उपविजेता बनेको छ । भारतले पनि उत्कृष्ट पाँचभित्र पर्दै छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । विभिन्न १० समूहमा भइरहेको उक्त छनोट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसीपका लागि छनोट हुने प्रावधान छ । फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू