अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

चिकित्सकबाटै क्षतिपूर्ति भराउने सरकारी निर्णय गैर जिम्मेवारपूर्ण छ – डा. गोविन्द केसी

बिआरटीनेपाल २०७४ असोज ८ गते १२:४१ मा प्रकाशित

डाक्टर गोविन्द केसीले चिकित्सकबाटै क्षतिपूर्ति भराउने सरकारी निर्णय गैर जिम्मेवारपूर्ण रहेको बताएका छन् । डा. केसीले विरामीको उपचारको क्रममा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति गर्नुपर्ने कानुन बनाउने नेपाल सरकार, मन्त्री परिषद्को निर्णय गैर जिम्मेवारपूर्ण बताएका हुन् ।

पछिल्लो पटक ओम हस्पिटलमा एक बिरामीको अस्पताल प्रशासनको लापरवाहीको कारण मृत्यु भएपछी सोमबार मन्त्रिपरिषद् बैठकले अब चिकित्सकको लापरवाहीको कारण कुनै बीरामीको मृत्यु भएमा चिकित्सक स्वयंले क्षतिपूर्ती दिनुपर्ने निर्णय गरेको थियो लगत्तै त्यसको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द आह्वान गरेर आन्दोलन गरिरहेको छ ।

न्यूनतम लगानीमा यथेष्ट भौतिक पूर्वाधार र जनशक्ति नराखी अस्पताल चलाउनेलाई उन्मुक्ति दिने तर, डाक्टरहरुलाई जिम्मेवार ठह-याउने हो भने बिरामी मारमा पर्ने ‘चिकित्सकहरुले शल्यक्रिया लगायत बढी जोखिम बढी भएका कामहरु नगर्ने र आफूलाई सुरक्षित महसुस हुने उपचार पद्दति मात्रै अपनाउने देखिन्छ ।त्यसले अहिले नै गहिरो रहेको डाक्टर–बिरामी सम्बन्धको खाडल झन् गहिर्याउने देखिन्छ’ उनले भनेका छन् ।राज्यको नियत अझै छर्लंग नभएको भन्दै उनले भनेका छन्, ‘उपचारका क्रममा हुन जाने सबै भवितव्यलाई पनि लापरवाहीको वर्गमा राखेर चिकित्सकलाई दोहन गर्ने पछिल्लो समयमा बढिरहेको प्रवृत्तिलाई राज्यको यस्तो रवैयाले अझ साथ दिन्छ ।’

डा. केसीले चिकित्सक मारमा नपर्ने गरी न्यायोचीत डंगले निर्णय गरीनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू