अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ भिडियो ‘रुपको क्यालेन्डर’ सार्वजनिक

बिआरटीनेपाल २०७४ असोज ८ गते ४:३४ मा प्रकाशित

लोकप्रिय डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ को नयाँ भिडियो सार्वजनिक भएको छ । ‘रुपको क्यालेन्डर’ बोलको गीतमा उनीहरुको कमेडी प्रस्तुति सहितको नृत्य छ । सुन्दर भिकेटीको स्वर रहेको गीतमा डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत संयोजन छ । कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको भिडियो सरोज र सुबिनको कोरियोग्राफीमा बनेको हो ।

भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी, विकास राई देखिएका छन् । करिब डेढ महिनाको अभ्यासपछि गीतको भिडियो खिचिएको थियो । भिडियोमा केहि नयाँ गर्ने प्रयास गरेको कार्टुन्ज क्रुले जनाएको छ ।

प्रतिक्रिया