अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

नेवा: अर्गनाइजेशनले भोलि लस एन्जल्समा रक्तदान कार्यक्रम गर्दै

बिआरटीनेपाल २०७४ असोज ८ गते १:१३ मा प्रकाशित

नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा २४ सेप्टेम्बर २०१७ आइतबार रक्तदान कार्यक्रम हुन् गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म सनातन धर्म मन्दिर नर्वाल्क ( 15311 Pioneer Blvd, Norwalk 90650 )मा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ ।

हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।

प्रतिक्रिया