अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

बलिउड कलाकार सञ्जय दत्त चलचित्रमा फिर्ती

बिआरटीनेपाल २०७४ असोज ६ गते १६:२७ मा प्रकाशित

भारतीय चलचित्र उद्योग बलिउडका चर्चित कलाकार सञ्जय दत्त पुनः चलचित्रमा फर्किएका छन् । उनी चार वर्ष जेल जीवनपछि पुनः यस क्षेत्रमा फर्किएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् । चार वर्षको जेल जीवनपछि उनले पहिलो पटक भूमि नामक उनीद्वारा अभिनित चलचित्रको बारेमा शुक्रवार पोस्टरमार्फत जानकारी गराइएको छ ।

उक्त चलचित्रमा उनले नायिकाको बुबाको भूमिका निर्वाह गरेका छन् । शुक्रबारै सो चलचित्र सार्वजनिक हुने पोस्टर भारतका विभिन्न स्थानमा टाँसिएको छ । चलचित्रमा नायिका रहेकी आफ्नी छोरीलाई बलात्कार गर्नेहरुलाई बदला लिने एक जना सशक्त बुबाको भूमिकामा उनी सो चलचित्रमा भूमिका निर्वाह गरेका छन् ।

उनी सन् २०१६ मा जेलमुक्त भएका थियो । सन् १९९३ मा भएको मुम्बई बम हमलाका समयमा उनीमाथि हतियार आपूर्ति गरेको आरोप लागेको थियो । सोही अभियोगका लागि उनले चार वर्ष जेल बस्नुपरेको थियो । अन्ठाउन्न वर्षीय दत्त पुनः चलचित्रमा फर्किएको समाचार भारतीय सञ्चारमाध्यमहरुका साथै शुक्रवारका सामाजिक सञ्जालहरुमा पनि राखिएको बताइएको छ ।

ओमुङ् कुमारले निर्देशन गरेको सो चलचित्र सञ्जय दत्तकै कारण निकै चर्चित हुने अपेक्षा सर्वत्र गरिएको ती समाचारहरुमा जनाइएको छ । सञ्जय दत्तलाई मन पराउने सर्वासाधारणहरुले उक्त चलचित्रको टिकट पहिले नै लिइसकेका र चलचित्र हलमै पुगेर हेर्ने योजना बनाएको जनाएका छन् । उहाँले यसबाहेक अरू तीन वटा चलचित्रमा अभिनय गर्दै छन् । ती चलचित्रको छायाङ्कनका लागि उहाँ केही महिनादेखि नै निकै व्यस्त रहदै आएका छन् ।

प्रतिक्रिया