अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१
| Colorodo: 23:06
महोत्तरीको मटिहानी नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) विजयी भएको छ । राजपाबाट उम्मेदवार हरिप्रसाद मण्डल ३ हजार ४ सय ७ मत सहित मटिहानी नगरपालिकाका मेयरमा बिजयी भएका हुन् ।
नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वसभापति समेत रहेका मण्डलका प्रतिस्पर्धी एमालेका मुजिम राईनले १ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सो नगरपालिकाको उपमेयरमा पनि राजपाकै शिवोदेवी साह बिजयी भएकी छन् । उनले ३ हजार १ सय ७० मत प्राप्त गरेकी छन् भने उनकी प्रतिद्वन्धी जैवुदा खातुनले १ हजार ६ सय ४८ मत प्राप्त गरेकी छन् ।