अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

बरिष्ठ संगीतकार दिपक जंगम आज साँझ ‘अविरल यात्रा’मा गुञ्जदैं

बिआरटीनेपाल २०७४ असोज ४ गते ९:३४ मा प्रकाशित

द हिडन ट्रेजरले आयोजना गर्दै आएको अविरल यात्रामा आज बरिष्ठ संगीतकार दिपक जंगमको  साँगीतिक प्रस्तुती हुने भएको छ। प्रज्ञा प्रतिष्ठानमा आज साँझ ४: ४५ बाट  हुने  अविरल यात्रा २०७४ मा गजल ए शेहन्साह मेहदी हसनदेखि गुलाम अली, नारायणगोपाल हुँदै अरुणा लामा सम्मले गाएका गीत प्रस्तुत गरिने छ ।

सुरुमा दिपक जंगमले आफनो शब्द र संगीतमा रहेको यति धेरै मायाँ दिई बाट कार्यक्रमको पर्दा खोल्ने गायक तथा संगीतकार अजर जंगमले जानकारी दिएका छन ।

कार्यक्रममा यति धेरै माया दिई ,दोधार भो यो जिन्दगी ,तिम्रो यादमा ,गरुँ कि मीठो भूल ,हजार चोटी जन्मुँला ,यी हल्लाहरु हुन ,एउटा मान्छेको मायाले कति ,लहरे वर घुमाउने चौतारी ,गाजलु ती ठूला ठूला आँखा,विरहले रोएको रातमा,लोलाएका ती ठूला लगायत १९ वटा गीत प्रस्तुत गरिने छ ।

कार्यक्रममा दीप श्रेष्ठ, दिपक खरेल, तारा थापा, संगीता प्रधान राना, आनन्द कार्की, रामकृष्ण ढकाल, कर्णदास, निशा देशार, बानिका प्रधान, शैलेस सिंह, सुमनकुमार श्रेष्ठ र अजर जंगमको स्वरमा अन्य गीत हरु प्रस्तुत गरिने छ ।राजु सिंह संगीत संयोजक एवम परिचालक रहेको अविरल यात्रा २०७४ नेपाली संगीत जगतमा एउटा विशेष दिन बन्ने आयोजकको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू