अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

बानाको सामुदायिक स्रोत केन्द्रलाई सहयोग दिने क्रम बढदो

बिआरटीनेपाल २०७४ असोज ४ गते ४:५७ मा प्रकाशित

बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले सुरु गरेको सामुदायिक स्रोत केन्द्रको लागि वाल्टीमोर र मेरिल्याण्ड मात्र नभई अमेरिकाका विभिन्न स्थानहरूवाट आर्थिक सहयोग प्राप्त भएको छ । गत सेप्टेम्बर १७ तारिख आइतबारका दिन वानाले स्थानीय काठमाडौँ किचेनमा एनआरएनको छैठौ वार्षिक साधारण सभामा भाग लिन आएका र निर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्ने क्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल र राधा ज्ञवालीले एनआरएनको उदेश्यनै स्थानीय सङ्घ संस्थालाई सहयोग गर्ने र सामुदायिक केन्द्र निर्माणमा सहयोग जुटाउने भएकाले व्यक्तिगत तथा संस्थागत हिसाबले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

एनआरएन अमेरिकाका नव निर्वाचित बोर्ड अफ डिरेक्टर तथा प्रवासी नेपाली मञ्च अमेरिकाका पूर्व अध्यक्ष सञ्जय थापाले पनि व्यक्तिगत र एनआरएनएको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रवासी नेपाली मञ्चको तर्फबाट संस्थागत हिसाबले सहयोग गर्ने कुराको पनि छलफल भइरहेको बताएका छन् । यस्तै अर्का बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराईले यस्ता कार्यहरूको सहयोग गर्नु नै एनआरएनए जस्तो संस्थाको दायित्व र कर्तव्य भएको बताउँदै आफूले पनि सक्दो सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  

उक्त कार्यक्रममा एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामवावु पाण्डेले आफू सधैँ यस्ता कार्यको लागि व्यक्तिगत तथा संस्थागत हिसाबले लागिरहेको र यस कार्यको लागि पनि खुलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तत्काललाई २५०० डलर सहयोग गर्ने यो सहयोग पुन थप गर्ने बताएका छन् । उनले आफू र आफ्नो संस्थाको तर्फबाट उल्लेख्य सहयोग जुटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । रामबावु पाण्डे यस्ता कार्यक्रमहरूमा सहयोग गर्ने एक समाजसेवीका रूपमा चिनिन्छन र उनको सहयोगले वानाको सामुदायिक स्रोत केन्द्रको लागि महत्त्वपूर्ण भूमिका खेल्ने छ । 

त्यस्तै कार्यक्रममा एनआरएनका अन्य निर्वाचित पदाधिकारीहरू विष्णु साह, प्रीति सागर खत्री, अमृत कट्टेलले वानाको यो कार्यका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नव निर्वाचित एनआरएन कमिटीलाई स्वागत गर्ने र सामुदायिक स्रोत केन्द्रको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको यस कार्यक्रममा वानाकी अध्यक्ष अनु वन्त, वरिष्ठ उपाध्यक्ष सुबोध विलास पन्त कोषाध्यक्ष लक्ष्मी भारती तथा सल्लाहाकार कृष्ण जीबी पन्त र समाजसेवी माधव बहादुरपन्तले सबैलाई स्वागत गरेका थिए ।

वानाका निवर्तमान अध्यक्ष तथा प्राविधिक समितिका संयोजक कुल मणि आचार्यले स्रोत केन्द्रको बारेमा छोटो जानकारी दिएका थिए । त्यस्तै कार्यक्रममा वानाको यस कार्यलाई सहयोग पुर्‍याउन स्थानीय राजन त्रिपाठी, काठमाडौँ किचेनका सञ्चालक किरण पन्थ लगाएतले महत्त्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रममा पत्रकारहरू विजय घिमिरे र सच्ची मैनालीको पनि उपस्थिति थियो ।

यसै कार्यको लागि वानाले आगामी आइतबार सेप्टेम्बर २४ का दिन पनि सोही काठमाडौँ किचेनमा खास गरी सङ्घ संस्थाका प्रतिनिधि आजीवन सदस्य तथा वानाका पूर्व पदाधिकारी तथा कार्यसमिति सदस्य सहित सम्पूर्ण बिचमा श्रोत केन्द्र को बारेमा जानकारी दिने र आर्थिक सङ्कलन गर्ने कार्यक्रम राखेको छ ।

यस कार्यक्रममा उपस्थिति भईदिनुहुन वानाले सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरेको छ।

आगामी कार्यक्रम मिति:
Sunday Sep 24, 2017

समय:
बिहान ११ – २:०० सम्म

स्थान:
Kathmandu Kitchen,
22 Allegheny Ave
Towson MD 21204

प्रतिक्रिया