अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

गायक सञ्जिव सिंहको ११ औं एकल एल्बम ‘गोरखपुर रेल’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज २ गते १३:०७ मा प्रकाशित

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सञ्जिव सिंहले आफ्नो ११ औं एकल गीति एल्बम ‘गोरखपुर रेल सार्वजनिक गरेका छन् । स्टेरियो रेकर्ड्सले सोमबारदेखि यो एल्बम बजारमा उपलब्ध गराएको हो ।

एल्बममा गायक सञ्जिव सिंहकै शब्द तथा संगीतमा पा“च वटा गीत समावेश छन् । एल्बममा गोखरपुर रेल, अन्तिम गीत, कलाकारको बलात्कार, यो हावाले तथा सम्झना आइ रह्यो शीर्षकका गीतहरु सुन्न सकिन्छ ।

सुदिप सिंहद्वारा संगीत संयोजन गरिएका एल्बमका गीतहरु काठमाडौंको अनामनगरस्थित ट्यून्स ५८ स्टुडियोमा रेकर्डिष्टद्वय मानिक मान सिंह तथा सुरज लाल जोशीले रेकर्ड गरेका हुन् । एल्बमका गीतहरु सुरज लाल जोशीले मिक्सिङ गरेका हुन् ।

गायक सिंहले एकल एल्बमसंगै एल्बमको शीर्षक गीत ‘गोखरपुर रेल’ को म्युजिक भिडियो पनि प्रिमियर गरेका छन् । नेत्रजंग पाण्डेद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा मिलन मिश्र तथा अर्पणा रानाभाटले अभिनय गरेका छन् । बिनोद केसीद्वारा छायांकन गरिएको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् । अस्टे«लियाको ब्रिसबेनस्थित गोल्डेन टाइम्स मिडियाले उक्त भिडियो निर्माण गरेको हो ।

गायक सिंहले यसअघि आकाशबाट, सोल, बेस्ट अफ सञ्जिव सिंह, अल्वेज, सेलेक्टेड सञ्जिव, अनप्लग्ड, सेलेक्टेड सञ्जिव सिंह, मुग्लान, मैच्याङ ज्यानमारा, तिमी र म जस्ता एकल गीति एल्बम सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू