अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

 कोलोराडोका नेवारी समुदायको ‘ईन्द्रजात्रा’ समयबजी खाएर समापन 

बिआरटीनेपाल २०७४ असोज १ गते ९:१९ मा प्रकाशित

नेवार समुदायले श्रद्धाका साथ मनाउँदै आएको ईन्द्रजात्रा वर्षा र सहकालका देवता ईन्द्रको पूजा आराधना  र आपसी आत्मियता संगै अमेरिकाको कोलोराडोमा पनि सम्पन्न भएको छ ।  ईन्द्रेजात्राको उपलक्ष्यमा कोलोराडो निवासी नेवारी समुदाय एकै ठाउमा भेला भै   समयवजी खाएर एक आपसमा शुभकामना आदान प्रदान गर्दै यो बर्षको ईन्द्रजात्रा सम्पन्न गरेका हुन् ।

कोलोराडो स्थित ईरि पार्कमा घर घरबाट समयबजी तयार पारेर ल्याई त्यसको प्रदर्शन गरी एक आपसमा भलाकुसारी गर्दै उनीहरुले परंपरागत संस्कृती मनाएका हुन् ।नेवारी धर्मसात्र अनुसार समयवजी चिउरा, भटमास, मासु, अदुवा र रक्सीलाई पञ्चतत्व मानिन्छ । समारोहमा नेवारी पुरोहित बिरेन्द्रराज उपाध्ययले समयबजी खाई कार्यक्रमको सुरुवात गरेका थिए ।

समयवजी खानाले रोग ब्याधीले आक्रमण गर्न नसक्ने र आफुले आटेको कुरा पुग्ने तथा कतै साईतगर्दा यसलाई सगुनको रुपमा प्रयोग गरिने चलन रहेको स्थानीय भुषणलाल श्रेष्ठले बताएका छन् । त्यसैले नेवारी समुदायमा हरेक सुभकार्यमा समयवजी तयार परिन्छ ।

किम्बदन्ति अनुसार स्वर्गका राजा ईन्द्रकी आमा बसुन्धरालाई पुजा गर्न पारिजातको फुल चाहिने तर परिजातको फुल कृष्णले मत्र्यलोकमा ल्याएका हुनाले स्वर्गमा नपाईने भएपछि आमाको ईच्छा पुरा गर्न ईन्द्र पृथ्विमा आई फुल टिप्न लाग्दा काठमाण्डौंको मरुटोलमा मालीले फेलापारी बाधेर ईन्द्रलाई फुल चोरेको आरोपमा बाँधेर राखे । ईन्द्र हराए पछि स्वर्गमा खेला बैला मच्चियो आकास भैरबलाई खोज्न पठाईयो । मरुटोलका मालीहरुले तन्त्र मन्त्र मार्फत आकास भैरव तथा ईन्द्रका वाहान अ‍ैरावत हात्तीलाई समेत बाधेर राखेको थाहा पाएपछि ईन्द्रकी आमा बसुन्धरा आफैं काठमाडौ आएर यो मेरो छोरो स्वर्गको राजा ईन्द्र हो भनी उपत्यका बासीहरु संग बिभिन्न शर्तमा छोरा छुटाई लगेको बिश्वास गरिन्छ ।

ईन्द्रसंग भएको सर्त अनुसार उपत्यकालाई स्वर्गजस्तै बनाउनु पर्ने, पानी परिराख्नु पर्ने, सधै हराभरा बनाउनु पर्ने, अनिकाल पार्न नहुने र मरेका सबैलाई स्वर्ग लानुपर्ने र हरेक बर्ष ईन्द्र  पृथ्वीमा आएर नाच्नु पर्ने आउन पर्ने लगायतका रहेको किम्वदन्ति रहेको छ ।

प्रतिक्रिया