अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

आज राती १२ बजेबाट मौन अवधि सुरु – आचारसंहिता उल्लंघन गर्नेलाई यस्तो हुन्छ कारवाही !

बिआरटीनेपाल २०७४ भदौ ३० गते १३:१९ मा प्रकाशित

तेस्रो चरणमा प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार रातीबाट मौन अवधि सुरु हुँदैछ । शुक्रबार राती राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएकाले सो अपधिभर आचारसंहिता उल्लंघन गरे निर्वाचन निर्देशिका अनुसारको कारबाहि हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ, कसैले आचारसंहिता उल्लंघन गरे कसुर हेरेर एक वर्ष कैद, एक लाख रुपैयाँ जरिबाना र उम्मेदवारले उल्लंघन गरे उम्मेदवारी रद्द सम्मका कारबाही हुन सक्नेछ।ु आचारसंहिता उम्मेदवारलाई मात्रै नभई मतदाता, कर्मचारी, सञ्चारमाध्यम लगायतका सबैलाई लागू हुने छ ।

त्यस्तै निर्वाचन मिति घोषणा भएसँगै आचारसंहिता लाग्ने भए पनि मौन अवधिमा भने विशेष संयमता अपनाउनुपर्ने हुन्छ। स्थानीय तह निर्वाचन निर्देशिकामा मौन अवधिमा प्रचारप्रसार गर्न वा शान्ति भंग गर्न निषेध गरिएको छ भने मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री सम्बन्धित दल वा उम्मेदवारले हटाएको हुनुपर्छ।

मौन अबधी सुरु भएपछि एसएमएस, फेसबुक, भाइबर लगायतका विद्युतीय माध्यमबाट प्रयोग गरिने सामाजिक सञ्जाल मार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन र कसैले पनि उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, टाटुजस्ता सांकेतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न–गराउन पाइने छैन। कसैले गराएको पाइएमा निर्वाचन आयोग, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा प्रहरीलाई उजुरी गर्न सकिनेछ।

त्यसै मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलका पक्षमा समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न समेत पाइनेछैन। कानुन अनुसार निर्वाचनको ४८ घन्टाअघि मौन अवधि सुरु हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू