अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

तराईलाई कांग्रेसमय बनाउँदै प्रदीप पौडेल, दर्जन भन्दा बढी चुनावी सभालाई सम्बोधन

बिआरटीनेपाल २०७४ भदौ ३० गते ११:५४ मा प्रकाशित

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तराईका विभिन्न जिल्लामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै मधेश समृद्ध भएमा मात्र सिंगो नेपाल समृद्ध हुन सक्ने धारणा व्यक्त गर्नु भएको छ । देशलाई समृद्ध बनाउन आवश्यक जमीन, जल र जनशक्ति सबै मधेशमा मात्र रहेकाले मधेश नेपालको ूमध्यदेशू भएको नेता पौडेलले बताउनुभयो ।

नेता पौडेलले नेपाली कांग्रेस बाहेक अन्य कुनै दलले मधेशको समस्या सम्बोधन गर्न नसक्ने ठोकुवा गर्दै मधेश कांग्रेसको आत्मा भएको पनि बताउनुभयो । मुलुकमा हावी हुँदै गएको अतिवादी सोचको मारमा मधेश परेको भन्दै पौडेलले भन्नुभयो, ‘ कांग्रेस मात्र मधेश र पहाड जोड्ने पुल हो, अन्य सबै दल मधेश र पहाड बीचको पर्खाल हुन् ।’ विगतमा मधेश नै नेपाली कांग्रेसको भोट बैंक प्रमाणित भएको स्मरण गर्दै पौडेलले जातीय तथा सांस्कृतिक सद्भाव कायम गर्दै मधेशलाई समुन्नत बनाउन यस पटक पनि सबैले नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताउनुभयो । ‘ धार्मिक, सांस्कृतिक, ऐतिहासिक जतिपनि पृष्ठभूमिका कारण मधेश समृद्ध भएको छ, त्यसको सही प्रचार प्रसार हुन सकेको छैन, अब मधेशलाई हरेक कोणबाट समृद्ध बनाउने ग्यारेण्टी कांग्रेसले लिन्छ ।  नेता पौडेलले भन्नुभयो ।

कांग्रेस मधेशमा पराजित भएमा अतिवादी सोच अझ हावी हुने खतरा रहेको पौडेलको भनाइ थियो । केन्द्रले टिकट वितरण गरिसकेको अवस्थामा सबै खाले मनमुटाब त्यागी आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पौडेलले सरोकारवाला सबैलाई निर्देशन दिनुभयो ।

विगतमा मधेशका विभिन्न जिल्लामा देखिएका पार्टी भित्रको विवाद समाधान गर्न सफल भई ख्याति कमाउनु भएका नेता पौडेलले बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु भएको थियो ।

नेता पौडेलसँगै नेविसंघका महामन्त्री कुन्दन काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, नेताहरु बलदेव तिमल्सिना, जीत शेरचन, माधव ढकाल, रत्नहरि ढुंगेल, विपिन अधिकारी, प्रकाश सेढाई, दुर्गा कावडी लगायतले पनि चुनावी आमसभाहरुलाई सम्बोेधन गर्दै मधेशको माटोलाई अन्तरमन देखि सम्मान गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको धारणा राख्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू