अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

अमेरिकाले प्रदान गर्ने ५०० मिलियन डलर अर्थात् ५० अर्ब रुपैयाँको अनुदान सम्झौतामा हस्ताक्षर सम्पन्न

बिआरटीनेपाल २०७४ भदौ २९ गते १९:५८ मा प्रकाशित

अमेरिकाले नेपाललाई प्रदान गर्ने ५०० मिलियन डलर अर्थात् ५० अर्ब रुपैयाँको अनुदान सम्झौतामा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आज हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा भएको सहयोग सम्झौतामा नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अमेरिकी उप विदेशमन्त्री जोन सुलिभानले हस्ताक्षर गरेका छन् ।

सम्झौता समारोहमा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की, अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) का कामु एमसीसीका कामु सिइओ जनोथन मास तथा नेपालका लागि अमेरिकी राजदूत एलाइना बी तेप्लिज सहभागी थिए ।

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विधुत र सडक विस्तार लागि पाएको हो । अमेरिकासँग दुई पक्षीय सम्बन्ध स्थापित भएयताकै यो सबैभन्दा ठुलो अनुदान सहयोग हो ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता एमसीसीले दक्षिण एसियाली राष्ट्रलाई सहयोग उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको यो पहिलो निर्णय हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू