अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४४ | Colorodo: 13:59

रुवान्डामा भीषण वर्षाका कारण सयौँ परिवार घरबार विहीन

बिआरटीनेपाल २०७४ भदौ २९ गते १३:५६ मा प्रकाशित

रुवाण्डामा सोमबार आएको भीषण वर्षाका कारण २२१ परिवार घरबार विहीन भएका छन् ।  पूर्वी रुवाण्डाको गोमा जिल्लामा आएको वर्षाका कारण उनीहरू घरबार विहीन भएको प्रकोप व्यवस्थापन तथा शरणार्थी मामिला मन्त्रालयले ढिलोगरी बिहीबार जनाएको छ ।  विस्थापित भएकाहरूलाई अस्थायी आश्रयका लागि छिमेकी ठाँउका बासिन्दाको घरको आवश्यकता परेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रभावित नागरिकको सहयोगका लागि सरकारी अधिकारीहरूले घटनास्थलको अवलोकन गरी पीडितहरूलाई प्रारम्भिक आपत्कालीन सहयोग सामग्रीहरू पठाइएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

मन्त्रालयले विस्थापितहरुलाई सधैँ छिमेकीको घरमा राख्न नसकिने भएकाले तत्काल अस्थायी बासस्थानको आवश्यकता परेकाले स्थानीय नेताहरूले त्यसमा सहयोग गर्न आह्वान पनि गरेको छ ।

पूर्वी अफ्रिकी मुलुक रुवाण्डामा गत अगस्तदेखि पटक पटक विभिन्न ठाउँमा परेको भीषण वर्षाका कारण झन्डै चार सय घर क्षतिग्रस्त भएका छन् भने ७६ हेक्टरको खाद्य उत्पादन नष्ट भएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू