अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

गायक पूर्ण लिम्बुको ‘फरक मान्छे’ बिमोचन-‘यी आँखाले’मा अपाङ्गका कारुणिक कथा(भिडियो)

बिआरटीनेपाल २०७४ भदौ २९ गते १४:०२ मा प्रकाशित

समाजसेवा सक्रिय गायक पूर्ण लिम्बु तथा गायिका अञ्जु पन्तको स्वरको सुगम संगीतमा आधारित एउटा कारुणीक गीत ‘यी आँखाले’ को प्रेरणादायी म्युजिक भिडियो बिहिबार काठमाडौंमा सार्वजनिक भएको छ ।

चलचित्र निर्देशक मिलन चाम्सद्वारा निर्देशन गरिएको उक्त भिडियोमा अभिनेत्री प्रियंका कार्की तथा गायक लिम्बुसंगै अपाङ्गता भएका महिला तथा पुरुषहरुले अभिनय गरेका छन् । शारीरिक रुपमा असक्तहरुको भावना समेटिको यो गीतको भिडियोलाई निर्देशक चाम्सले यसलाई गीतको भावनामा ढालेका छन् ।

काठमाडौंमा आयोजित विमोचन समारोहमा गायक लिम्बुले समाजमा अवसरको खोजिमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सपाङ व्यक्तिले माया, ममता तथा अवसर दिनु पर्ने धारणा व्यक्त गरे । निर्देशक चाम्सले गायक लिम्बुको गायन प्रतिभा तथा समाजसेवी छविको प्रसंसा गरे । कलाकार तथा वरिष्ठ विमान चालक विजय लामाले पनि सार्वजनिक भिडियोले सम्पूर्ण नेपालीको भावना उजागर गरेको धारणा व्यक्त गरे । उक्त गीत गायक लिम्बुको एकल एल्बम ‘फरक मान्छे’ मा समावेश गरिएको छ ।

गायक लिम्बुका सांगीतिक गुरु प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीतमा उक्त गीत तयार भएको हो । वरिष्ठ संगीतकार शिलाबहादुर मोक्ताले उक्त गीतमा संगीत संयोजन गर्नु भएको छ ।

नवराज कृष्ण थापाद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादन पनि निर्देशन चाम्सले नै गरेका हुन् ।

प्रतिक्रिया