अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

फिफा बरियतामा नेपाल तल झर्यो

बिआरटीनेपाल २०७४ भदौ २९ गते १३:५१ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ ।

नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यति बेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो । त्यसै गरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १७४औँ स्थानमा छन् ।

बङ्गलादेश सात स्थान तल झर्दै १९६औँ स्थानमा, एक स्थान तल झरेका श्रीलंका १९८ औँ स्थानमा तथा पाकिस्तान २००औँ स्थानमा यथावत् छ । फिफा बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन् । रासस

प्रतिक्रिया