अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

भारतमा जापानको सहयोगमा ‘बुलेट ट्रेन’

बिआरटीनेपाल २०७४ भदौ २९ गते १२:३९ मा प्रकाशित

पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा द्रुत गतिको रेल सेवा सञ्चालन हुने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ । ‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बाइसम्म चल्ने बताइएको छ ।

पाँच सय किलोमिटर लामो दुरीमा सञ्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुनलागेको हो । यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको थियो ।

जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधवार बिहान भेटवार्ता भएको थियो । भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि दुई करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ । रासस÷एपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू