अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा

बिआरटीनेपाल २०७४ भदौ २८ गते १४:३८ मा प्रकाशित

संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा न्याय परिषदले भने एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषदको बुधबार बसेको बैठकले मुलुकभरका १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ । बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ, यस पल्टको नियुक्तिमा कानुन व्यवसायीबाट एक जना पनि न्यायाधीश परेका छैनन । सवोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त थियो । एक जना भने अझै पूर्ति हुन बाँकी नै छ ।

न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ ।

विपक्षी एमालेले भने निर्वाचन आचार संहिता विपरित हुने भन्दै न्यायाधीश सरुवा नगर्न आग्रह गरेको थियो । उसले निर्वाचन आयोगमा पत्र पठाएर सरुवाको स्विकृती नदिन माग राखेको थियो भने एमाले नेताहरुले सरुवाको निर्णय नगर्न न्याय परिषदमा समेत मौखिक आग्रह गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू