अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

बाँके जिल्लामा अव नयाँ रिक्सा दर्ता नहुने

बिआरटीनेपाल २०७४ भदौ २७ गते १७:०९ मा प्रकाशित

 

बाँके जिल्लामा संचालित ई रिक्सा व्यवस्थापनका लागि अव नयाँ रिक्सा दर्ता नहुने भएको छ । जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.को अध्यक्षतामा मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालगंज नगरमा संचालित ई रिक्साहरुको संख्या धेरै भएको र सडक नै आवागमनमा समस्या तथा दुर्घटना बढेको कारण पनि व्यवस्थापन गर्ने निर्णय भएको बताईएको छ ।

बैठकले बाँकेमा अब नयाँ ई रिक्सा दर्ता नगर्ने, यातायात व्यवस्था कार्यालयमा ई रिक्सा दर्ता प्रकृयालाई थप सहज गर्नका लागि छुट्टै डेस्कको स्थापना गर्ने, ई रिक्सा सवारी चालक अनुमति पत्र प्रदान गर्ने प्रकृया शुरु गर्ने र सावीकको नियम अनुसार शूरु गर्ने, ई रिक्सा, को भाडादरका लागि यातायात व्यवस्था कार्यालय, नेपालगंज उप महानगरपालिका कार्यालय, उपभोक्ता हित संरक्षण मंच, ई रिक्सा मजदुर संघका प्रतिनिधि रहने गरि कार्यदल गठन गरी उक्त कार्यदलले दररेट कायम गरि ७ दिन भित्त प्रतिवेदन जिल्ला यातायात व्यवस्था समितिलाई बुझाउने निर्णय भएको छ ।

साथै बैठकले ई रिक्सा संचालन अनुमति पत्रका लागि लिखित परिक्षा दिन नपर्ने व्यवस्थाका लागि यातायात व्यवस्था विभागमा अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी, नग,र प्रमखु, उप प्रमुख प्रहरी प्रमुख, यातायात कार्यालय प्रमुख,सबै गाउँ पालिकाका का कार्यकारी अधिकत,ई रिक्सा व्यवसायी संघ संस्थाहरु, जिल्ला टाफिक लगाएको उपस्थि ती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू