अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

‘मिस पुर्वाञ्चल’का प्रतिस्प्रधीहरुको ट्यालेन्ट सो सम्पन्न

बिआरटीनेपाल २०७४ भदौ २७ गते ५:५० मा प्रकाशित

मिस पुर्वान्चल २०१७ को फाइनल प्रतिस्प्रधामा छनौट भएका १९ जना प्रतिस्प्रधी हरु र्ल प्रतिस्पर्धा मध्येको महत्वपूर्ण सब टाइटल मिरिंडा मिस ट्यालेन्ट को आइतबार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान स्थित अडीटरियम हलमा सम्पन्न भएको छ ।

प्रतिस्प्रधी हरु सिमरन श्रेष्ठ,जोयना लिम्बु ,सिमरन राई ,सिर्जना अधिकारी ,पेमा गुरुङ ,रुबी लिम्बु ,एजिना सिटौला ,सन्ध्या भेटवाल ,अनु ढुंगाना ,दिपा कटवाल र समिना खतिवडा ले कर्मश च्यंग्बा ,सिरिमा सिरी , किनिदिउल साहिला दाइ ,गैरी खेतको,ब्लास्ट ,चरी जस्तै ,नेपालकी चोरि. हिजो राति, देउरालीमा ,सेप अप ,मलाई आन्खैको बोलका गीतहरुमा आकर्षक निर्त्य प्रस्तुत गरेका थिए। अर्का प्रतिस्प्रधी एस्तर तामांगले परेलीमा बोलको गीत गएकी थिइन् भने संचिता तामांग ,प्रमिला तिवारी र सबिना आचार्यले आफ्नो कविता प्रस्तुत गरेका थिए। शताब्दिका गिरि र सबिना श्रेष्ठले आफ्नो वाककला र सबिना बिपना श्रेष्ठले गार्निश कला स्टेजमा प्रस्तुत गरेका थिए।

गायक नवराम राई, युरेका स्कुलका निर्देशक सुदिप याल्मो ,गरिमा डान्सका निर्देशक मणि लिम्बु ,संगीत प्रशिक्षक विनायक राई र कृति टिभीका संचार कर्मी तथा प्राध्यापक मोहन श्रेष्ठ निर्णायक रहेको कार्यकर्ममा उद्घोषकद्वय सुरेश राई र इक्सा मादेन ले मिस पुर्वान्चल २०१७ क बिजेताले हंगकंग नेपाली महासंघ को सौजन्यमा हंगकंग भ्रमण को अवसर पाउने जानकारी दिएका थिए ।

अहिले धरान स्थित धरान इन्टरनेसनल कलेजमा कोरियोग्राफर प्रिया रानी लामा ले फाइनल प्रतिस्प्रधाको लागि १९ जना प्रतियोगीहरुलाई विभिन्न सिक्वेन्सको प्रसिक्षण गराइरहेकी छिन् । त्यस्तै नियमित अथिति प्रशिक्षकमा माननीय मुख्य जिल्ला न्यायाधिश श्री अर्जुन कोइरालाले कानुन तथा न्याय का बिषयमा र नेपाली सेना बटुक दल गणका मेजर सुमन थापाले सुरक्षा तथा व्यक्तित्व विकास सम्बन्धमा प्रसिक्षण दिएका थिए। 

प्रतिक्रिया