अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

जनकपुरको मिथिला अपसेट प्रेसमा छापा

बिआरटीनेपाल २०७४ भदौ २७ गते २:४८ मा प्रकाशित

जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार कुट्टीमा रहेको उक्त प्रेसमा प्रहरीले छापा मारी हजारौँ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । मिथिला अफसेट प्रेसमा सो टोपी र टिसर्टमा निर्वाचन आचारसंहिता विपरीत नारा लेखिँदै थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठुलो पाँच पोका त्यस्ता किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा बरामद भएको छ ।

तीनसय टिसर्ट, त्यत्तिकै टोपी र केही प्रेसका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपी नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपाको रहेको बताइएको छ ।

निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा कार्य भइरहेको भन्दै चारैतिर आलोचना भएपछि प्रहरीले सोमबारदेखि सक्रियता बढाएको छ । जनकपुरमा ठुलो ब्यानर पनि टाँग्न दिइएको छैन । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू