अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

गायक हेमन्त शर्मा ‘दशैं तिहार शुभकामना साँझ’का लागि अमेरिका आउँदै

बिआरटीनेपाल २०७४ भदौ २६ गते ४:३४ मा प्रकाशित

नियमित रूपमा नेपाली सांस्कृतिकको जगेर्ना गर्ने हेतु कोलोराडोमा रहेको सबभन्दा पुरानो संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले नियमित रूपमा नेपाली नयाँ वर्ष, दसैँ तिहार शुभकामना साँझ आदी गर्दै आएको छ । यसै क्रममा यो पल्ट ओक्टुबर ७, शनिबार साझ ५ बजे देखी दसैं तिहार शुभकामना साझ २०१७ आयोजना गर्दैछ । उक्त कार्यक्रममा नेपालबाट गायक हेमन्त शर्मा आउँदैछन ।

पिता दण्डपाणी शर्मा र माता सुनिता शर्माका छोरा हेमन्त शर्माको जन्म नवलपरासीको त्रिवेणीमा भएको हो । बुवाको जागिरे जीवनका कारण बिभिन्न ठाउँबाट बिद्यालय स्तरको पठाईलाई निरन्तरता दिएका हेमन्त शर्माले भैरहवा क्याम्पसमा एसएलसी पछिको पठाई सुरु गरेका हुन् । उनको परिवारले भैरहवामा पनि घर बनाएपछि उनको बसाई भैरहवामा सरेको थियो ।

२०५७ सालमा बिषेश नामक गिती संग्रह निकालेका गायक शर्माको सो एल्वम भित्रको माया साह्रै महगों गीतले उनलाई स्रोतामाझ परिचित गरायो । आफैं शब्द संगीत र गायनमा समेत अब्बल शर्माको मुल हौ भने रसाईदेउ, थाप न थाप हातैमा ,गुडेको रेल, म मन्दिरको देउता, जमिन मुनि बदाम फल्यो लगायतका दजर्नौ गीत लोकप्रीय छन् ।

कार्यक्रमको इन्ट्रन्स फि १५ डलर राखिएको छ भने उक्त १५ डलर भित्रै डिनरको पनि ब्यबस्था गरिएको छ । उक्त कुराको जानकारी रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष बिनोद त्रिपाठीले बिआरटि नेपाललाई दिए । उक्त कार्यक्रममा हेमन्त शर्मा लागायत स्थानिय कलाकारहरुको प्रस्तुती पनि रहने छ ।

 

 

प्रतिक्रिया