अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

गायक तथा संगीतकार सत्यराज आचार्य ‘साढे ७’मा फोटोपत्रकार (ट्रेलर)

बिआरटीनेपाल २०७४ भदौ २५ गते १३:०७ मा प्रकाशित

गायक तथा संगीतकार सत्यराज आचार्य फोटोपत्रकारका रुपमा दर्शकमाझ आउने भएका छन् । चलचित्र आचार्य र कर्कसबाट सफल कलाकारका रुपमा चिनिएका सत्यराज आगामी मंसीर १५ मा प्रदर्शन मिती तोकिएको चलचित्र ‘साढे ७ ’मा फोटोपत्रकार बनेर देखिने भएका हुन् ।

चलचित्र ‘साढे ७ ’मा नाकाबन्दीको समयमा तराईमा भएको आन्दोलन र नेपालमा लगाएको नाकाबन्दीको समयमा स्थलगत फोटो खिच्ने काममा संघर्ष गरिरहेको पत्रकारको चरित्रमा सत्यराजलाई प्रस्तुत गरिएको छ । अभिनेता सुनिल थापा प्रस्तुतकर्ता रहेको चलचित्र साढे सातलाई साम्तेन भुटियाको पटकथा र सम्पादन संगै निर्देशन रहेको छ ।

चलचित्रमा सत्यराज सँगै सुनिल थापा, मेनुका प्रधान, सुप्रिया कटुवाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सत्य स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो, एवीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्शनले संयुक्त रुपमा निर्माण गरेको चलचित्र साढे सातले नाकाबन्दीको समयमा पनि हरेक अभाव सहेर आफ्नो काममा सक्रिय फोटोपत्रकारको कथा बोकेको छ ।

 

प्रतिक्रिया