अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा. शिवराम प्रसाद कोईराला नियुक्त

बिआरटीनेपाल २०७४ भदौ २५ गते ११:३५ मा प्रकाशित

साना किसान विकास बैंकको सञ्चालक समितिले १४ भाद्र, २०७४ देखि ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा डा. शिवराम प्रसाद कोईरालालाई नियुक्त गरेको छ । व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिंङको वित्तीय दिगोपनामा विद्यावारिधी गर्नु भएका डा. कोईरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गर्नु भएको छ । कृषि विकास बैंकको तर्फबाट यस बैंकको संस्थापक कर्मचारीको रुपमा ९ वर्ष योगदान गरिसक्नु भएका डा. कोईराला लामो अवधि सम्म कृषि विकास बैंकको अधिकृत प्रथम श्रेणीमा कार्यरत हुनुहुन्थ्यो । पुनः विगत डेढ वर्षदेखि साना किसान विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत डा. कोईराला वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता मानिनु हुन्छ ।

श्री जलनकुमार शर्माले साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो ८ वर्षे कार्यकाल हिजो मात्र पुरा गर्नु भएको थियो । पद एवं गोपनियताको सपथग्रहण तथा नियुक्ती कार्यक्रममा बोल्दै श्री शर्माले साना किसान विकास बैंक ग्रामीण लघुवित्त क्षेत्रमा नेपाल कै अगुवा बैंक बन्न सफल भएको र नवनियुक्त कार्यकारी प्रमुख यस बैंकको नेतृत्व गर्न सफल हुनेमा आफु ढुक्क रहेको बताउनु भयो ।

बैंकका अध्यक्ष श्री खेम बहादुर पाठकले यस बैंकका पूर्व कार्यकारी प्रमुख जलन कुमार शर्मालाई आफुले कर्मचारी मात्र नभई अभिभावकको रुपमा हेरेको र उहाँको साथ सहयोग सदैव प्राप्त हुने विश्वास व्यक्त गर्दै नवनियुक्त डा. कोईराला पनि आफैंमा काफि योग्य र अनुभवी व्यक्तित्व भएकोले नेपालको ग्रामीण गरिबी निवारणमा साना किसान विकास कार्यक्रमलाई सफलता पूर्वक विस्तार गर्दै बैंकलाई अझ समृद्ध बनाउन सफल हुने विश्वास लिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू